गृहपृष्ठ जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

pakrau-arrest-newskarobar

डोल्पाको जगदुल्लागाउँपालिका ६ झ्याकोटस्थित भवन निर्माणसम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका ६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतारा र जगदुल्ला गाउँपालिका ४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझपीडितकै घरमा जबरजस्ती करणी गरेको भन्नेखबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका ३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु