गृहपृष्ठ मंगलबार मृत्यु, बिहीबार कोरोना संक्रमण पुष्टि
मंगलबार मृत्यु, बिहीबार कोरोना संक्रमण पुष्टि
प्राकृतिक रूपले मृत्युु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मुर्लिका एक वृद्धमा कोरोना सक्रमण पुष्टि भएको छ ।
श्रावन २० गते आफ्नो घरमै मृत्यु भएका ८० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।
मूर्लीस्थित आफनै घरमा मंगलबार राति मृत्यु भएपछि वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो । बिहिबार नारायणी अस्पतालको पिसिआर ल्याबले सार्वजनिक गरेको रिपोर्टअनुसार वृद्धमा कोरोना संक्रमण देखिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी गराए ।
यसअघि वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुष गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साँझ आएको पीसीआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको थियो ।
यससँगै पर्सामा श्रावन यता मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
प्रकाशित समय ०९:३९ बजे

















