गृहपृष्ठ १९१ जना बोकेको एअर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटना

१९१ जना बोकेको एअर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटना

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बताइएको छ । क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन् । तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन । पाइलटसहित कम्तीमा दुई जनाको ज्यान गएको बताइएको छ ।

स्थानीय समयानुसार साँझ दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो । सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो । (बीबीसीबाट)

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु