गृहपृष्ठ ‘प्राकृतिक जेल’भित्र लिमी गाउँ : जति समस्या छ, अवसर पनि त्यति नै

‘प्राकृतिक जेल’भित्र लिमी गाउँ : जति समस्या छ, अवसर पनि त्यति नै

कालान्तरमा हिमाल वारपार व्यापारको आधारस्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो । तर चीनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर उताव्यवसाय र त्यो व्यापार प्रणाली धराशयी भएको छ ।

त्यसपछि तिब्बतसँग जोडिएका उर्वर र पोषिला चरन क्षेत्रहरु पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरुको जनजीवनमा भुइँचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरुले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपेको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो ।

हुम्लाको उत्तरी दुर्गम गाउँपालिका हो लिमी ! तिब्बतको सिमानामा जोडिएको यो गाउँपालिकालाई प्राकृतिक ‘जेल’ मानिएको छ । प्रायः कात्तिकदेखि जेठसम्म यहाँ हिमपातले गर्दा सदरमुकाम र वरपरका छिमेकी गाउँसँगको सम्वन्ध विच्छेद हुन्छ । यो आठ महिनासम्म बाहिरी संसारसँग सम्पर्क नहुनु अहिलेको सूचना र सञ्चारको युगमा यो एक चुनौती हो । तर जहाँ समस्या छ, अवसरहरु पनि हुन्छ ।

प्रत्येक वर्ष लगभग आठ महिना प्राकृतिक जेलभित्र भौगोलिक कथा र व्यथालाई सँगाल्ने आफ्नो भूमितर्फ पीँठ फर्काउँदै बुढा आमाबावु र अशक्त, कमजोर बालबच्चाको शारीरिक, मानसिक र आर्थिक सम्पन्नताको खातिर ‘ऊँ मणि पध्मे हुँ’को सामूहिक पूजाआजामा टासी र खादा लगाएर विदेशिने युवक र आफन्तसँग भेट हुने/नहुने कुरा भाग्यको खेलमा विश्वास गर्छन् लिम्यालहरु । सीप छ, जोस-जाँगर छ तर काम छैन । अरुको ठाउँमा गएर काम गरी घर फर्कनु पर्छ ।

के गर्ने फुरु कोर्ने सिपालु हुँ, चित्रकार हुँ र सिकर्मी पनि हुँ भन्नेको अवस्था त खराब छ भने अरुको अवस्था झन् ज्यादै खराब छ । हो, धेरै हिमपातले गर्दा ६ महिनाका लागि खाना, दाउरा, चर्पी र पानी सबैभित्रै व्यवस्था गरेर ढुंगाका अविचल मूर्तिसँग सजीव मूर्तिको एककार हुनुको नियति नै लिमी र लिम्यालहरु हुन् । के एक्काइसौं शताब्दीको नारामा विकासको खाका कोर्ने हाम्रो सरकारको उपेक्षाको शिकार भएको छ लिमी ?

हिमालपारिको उपेक्षित एकान्त गाउँलाई निषेधित पर्यटकीय क्षेत्रमा राखेर सरकारले आलो घाउको पुरानो व्यथामा झन नुनचूक छर्ने काम गरेको त छैन ? र यसरी वर्षौ वर्षको निरीहताले एकातिर कि रुई कि दुईको लोकोक्ति दरार पारेको छ । अर्कोतिर बालबालिका र वृद्धलाई सम्मान गर्ने समयमा शारीरिक र मानसिक तनाव उत्पन्न गराउनु प्राकृतिक जेलभित्रको सरकारी लापरवाही हो ।

सदरमुकाम सिमकोटबाट ५० कोष टाढा लिमीमा जान न्यालु, नारा, मानेपेमे, लाङदुकजस्ता लाग्नाहरु जहाँ १९ हजारदेखि २४ हजार फिटका हिमाल हिउँदमा चढ्नु भनेको त काललाई काखी च्याप्नु हो भन्दै बाक्लो च्यालाक र बक्खु देखाएर चिसोको व्यथा पोख्दै सांकेतिक शब्द पस्कने गर्छन् । चौरी, याक, घोडा, भेडा, बाख्राहरु कम मात्रामा पालिन्छ । वर्षा याममा चीनको पुराङको तालाखारमा मजदुरको रुपमा काम गेरर सबै कुराको व्यवस्था गरिन्छ तर विकास र सरकारी गतिविधि लिमीमा शून्य नै हुन्छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु