गृहपृष्ठ हुम्लाबाट गएको आवमा उठ्यो ६ करोड रूपैयाँ राजस्व

हुम्लाबाट गएको आवमा उठ्यो ६ करोड रूपैयाँ राजस्व

कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले गत आ.व. २०७६/७७ मा विभिन्न निकायका विभिन्न शीर्षक गरी करिब ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्लामा भएका विभिन्न कार्यालयहरुमध्ये गएको आ.व.मा सबैभन्दा कम जिल्ला निर्वाचन कार्यालय हुम्लाबाट राजस्व उठेको छ । जसमा दुई हजार रुपैयाँ राजस्व उठेको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।

कोलेनिका हुम्लाका अनुसार जिल्लामा रहेका १३ वटा सरकारी निकायबाट ५ करोड ९८ लाख ९२ हजार २३८ रुपैयाँ संकलन भएको कोष नियन्त्रक नरेश प्रसाद भट्टले जानकारी दिएका छन् ।
जिल्लामा रहेका अध्यागमन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, समन्वय समितिको कार्यालय, अदालत, निर्वाचन कार्यालय, प्रशासन कार्यालय, प्रहरी कार्यालय, हुलाक कार्यालय, नयाँ भैरबीदल गुल्म, नापी कार्यालय, परियोजना कार्यान्वयन इकाई स्याउजोन, यारी नाका भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र हिल्छा सिमकोट सडक योजना रहेको गरी १३ संघीय स्तरका कार्यालयहरूबाट राजस्व संकलन भएको उनले बताए ।

कोष नियन्त्रक भट्टले भने, ‘कोरोना कारण अझै धेरै उठ्नु पर्नेमा केही असर परे पनि यो लक्ष्य अघिल्लो आ.व.भन्दा सन्तोषजनक नै हो । यसैले यो आ.व.मा अघिल्लो आ.व.भन्दा १०.४१ प्रतिशत धेरै राजस्व संकलन भएको छ ।’

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु