गृहपृष्ठ नेकपा नेतृको गाईगोठमा आगजनी

नेकपा नेतृको गाईगोठमा आगजनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ सदस्य पल्टी देवी यादवको घरमा साउन २४ गते राति  आगजनी भएको छ । क्षिरेश्वरनाथ नगरपालिका- २, रमदैया भवाडीस्थित उनको घरमा भएको आगजनीबाट ५ लाख रूपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट गोठमा रहेका १ गाई, १ बाछी र १ बाछा जलेर मरेको तथ अन्य ३ गाई घाइते भएको नेतृ यादवले बताइन् । अँध्यारोका कारण गोठमा आगो लगाउने व्यक्ति आफूले चिन्न नसकेको उनको भनाइ छ । ‘राति करिब १२ बजे थियो । सडकमा कोही मान्छेलाई उभिरहेको देखेको थिएँ । गोठमा पेट्रोल छर्केर आगो लगाएर भागे,’ उनले भनिन् ।

घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले  बताए ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु