गृहपृष्ठ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा काठमाडौंका विभिन्न ठाउँहरुमा रक्तदान कार्यक्रम गरिएको छ ।

शनिबार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना, नेपाली रक्तदाता संघको सह–आयोजनामा तथा विभिन्न संघ–संस्थाहरुको सहकार्यमा काठमाडौंको कलंकी चोक तथा चाहविल चोकमा रक्तदान कार्यक्रम उत्साहपूर्ण सम्पन्न गरिएको हो ।

बिहान ८ बजेदेखि १२ बजेसम्म भएको रक्तदान कार्यक्रममा १३० जनाभन्दा धेरैले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहयोग गर्ने तथा रक्तदातालाई प्रमाणपत्र र डायरीसमेत वितरण गरिएको थियो ।

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु