गृहपृष्ठ अविरल वर्षाका कारण भजनी फेरि डुबानमा

अविरल वर्षाका कारण भजनी फेरि डुबानमा

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण भजनी नगरपालिकाको पुनः डुबान सुरु भएको छ । गत साता भएको भारी वर्षापछि पछिल्ला दिनमा पानी कम हुँदै गएपछि हुलाकी राजमार्गको साहारामा त्रिपाल मुनि बस्दै आएका स्थानीय घर फर्कने क्रम सुरु गरेका थिए । पुनः बाढी आएसँगै घर फर्केका नागरिकहरु हुलाकी राजमार्गमा आउन थालेका छन् ।

बाढीको पानी बढ्दै जादा पशुचौपायासहित स्थानीय नागरिक हुलाकी राजमार्गमा फर्किन थालेको स्थानीय जयराज ढुंगानाले जानकारी दिएका छन् । उनका अनुसार वडा नं २, ३, ५, ७ र ८ बढी जोखिममा देखिएका छन् । अहिलेसम्म भजनी नगरपालिका वार्ड नं ८ सोनाफाटा खल्ला टोल मा ४० घर परिवार, काढाँढिक ५२ घर र कृष्णनगर २५ घर हुलाकीमा आइसकेका छन् । अन्य स्थानबाट समेत नागरिकहरु हुलाकी राजमार्ग आउन सुरु भएको ढुंगानाले बताए ।

वर्षा नरोकिएको हुँदा जोखिम उच्च रहेको भन्दै तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । साउन १४ गते आएको बाढीका कारण हजारौं परिवार विस्थापित हुनुका साथै तीन जनाले ज्यान गुमाएका थिए । बाढीका कारण हजारौं बिघामा लगाएको धान बाली नस्ट हुनुको साथै हुलाकी राजमार्ग पुर्ण रुममा अबरुद्ध भएको छ । (रासस)

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु