गृहपृष्ठ पोखरामा महानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण
पोखरामा महानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण
पोखरामा महानगरपालिकामा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा दुईसहित संक्रमितको संख्या एक हजार ६५० पुगेको छ । पोखरा महानगरपालिका वडा नं. ६ मा २३ वर्षीय पुरुष र वडा नं. १६ मा ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुई जनालाई नै आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशानालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रकाशित समय १०:२३ बजे

















