गृहपृष्ठ धादिङको खानीखोलामा रक्तदान कार्यक्रम, ६५ पिन्ट रगत संकलन

धादिङको खानीखोलामा रक्तदान कार्यक्रम, ६५ पिन्ट रगत संकलन

अन्तर्राष्ट्रिय युवा दिवस २०७७ को अवसरमा लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था र पब्लिक बचत तथा ऋण सहकारी संस्थाको प्रायोजनमा बृहत रक्तदान कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा संचार सहयोगीको रूपमा कृषि रेडियो १०१.५ मेगाहर्ज रहेको थियो । मच्छिन्द्र मा.वि. खानीखोलाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ जनाले रगतदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउने सम्पूर्णमा तथा रक्तदान कार्यक्रममार्फत रक्तदान गर्ने रक्तदाताप्रति नेपाली रक्तदाता संघले हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गरेको छ । रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको डायरी वितरण गरिएको थियो ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु