गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा
ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा
ग्लोबल आइएमई बैंकले काठमाडौंको कपनमा नयाँ शाखा खोलेको छ । बूढानीलकण्ठ नगरपालिका १० कपनमा बैंकले बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु‑याउने उद्देश्यका साथ ७१ जिल्लामा २५९ शाखा स्थापना गरिसकेको छ । त्यस्तै बैंकले २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २१८ शाखारहित बैंकिङ इकाइ र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । देशभर बैंकका २० लाखभन्दा बढी ग्राहक छन् ।
प्रकाशित समय १०:१२ बजे

















