गृहपृष्ठ ५० वर्षीया महिलाको कोठामा तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

५० वर्षीया महिलाको कोठामा तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

पोखरा महानगरपालिका १०मा तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका १४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४९० रुपैयाँ र ८ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु