गृहपृष्ठ अन्तिम समयमा हारबाट जोगिएपछि पीएसजी च्याम्पियन लिगको अन्तिम ४ मा
अन्तिम समयमा हारबाट जोगिएपछि पीएसजी च्याम्पियन लिगको अन्तिम ४ मा
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । खेलको अन्तिम समयमा २ गोल गर्दै प्रतिद्वन्द्वी एटलान्टालाई पराजित गरेपछि पीएसजीले लिगको अन्तिम चारमा स्थान पक्का गरेकाे हाे ।
बुधबार पोर्चुगलको राजधानी लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजीले चमत्कारपूर्ण २-१ को नतिजा निकालेको हो । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजीले खेलकाे नजितजा आफ्नो पक्षमा बनायो ।
यस जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।
प्रकाशित समय १३:१२ बजे

















