गृहपृष्ठ गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको ५ जिल्लाअन्तर्गत कास्कीमा ३, तनहुँ र बाग्लुङमा २/२ जना, गोरखा र स्याङजामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा १/१ जना पुरुष र वडा नम्बर ८ मा १५ वर्षीय छात्रामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै तनहुँको भानुमा दुई जना पुरुष, बागलुङको बाग्लुङ र बडिगाड एक/एक पुरुष, गोरखामा एक महिला र स्याङजाको पुतलीबजार एक पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
तनहुँमा अहिलेसम्म २१२, बागलुङमा २६५, गोरखामा ११७, स्याङजामा २९९ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ६९२ जनामा कोरोना देखिएको छ । त्यसमध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४९३ जनामा निको भई घर फर्किएका छन् ।
प्रकाशित समय ०९:४३ बजे

















