गृहपृष्ठ भंगहामा सर्पको आंतक, पाँच घण्टामै १६ जनालाई डस्यो
भंगहामा सर्पको आंतक, पाँच घण्टामै १६ जनालाई डस्यो
महोत्तरीको भंगहा नगरपालिका ५ राजपुरमा सर्पको आंतकले स्थानीय त्रसित भएका छन् । राजपुरमा शुक्रवार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका प्रमुख संजिव साहले जानकारी दिएका छन् ।
बिहीबार दिउँसो सोहि टोलमा विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो ।धानखेतमा घाँस काट्न जाँदै गर्दा अचानक सर्पले टोकेपछि सर्पदंश उपचार केन्द्र बन्दिपुर सिरहा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
विषालु सर्पले गाउँभरका मान्छेलाई टोक्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । विषहरा बाबा र कतिपय नगर देवता रिसाएको भन्दै सर्पले टोक्ने गरेको स्थानीयको बुझाइ रहेको छ । अहिलेसम्म टोक्ने सर्पलाई भने कसैले नदेखेको स्थानीय रामरतन महतोले बताए ।
प्रकाशित समय ०७:५८ बजे

















