गृहपृष्ठ लिदी पहिरो : थप ३ जनाको शव फेला, मृतक संख्या २२ पुग्यो
लिदी पहिरो : थप ३ जनाको शव फेला, मृतक संख्या २२ पुग्यो
पहिरोग्रस्त लिदी गाउँ ।
शुक्रबार बिहान जुगल गाउँपालिका- २, लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डीएसपी काफ्लेका अनुसार आज २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव फेला परेको हो । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रकाशित समय १३:४१ बजे

















