गृहपृष्ठ रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक

रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक

विश्वमै तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी छन् । सबै उपकरण ९५० भन्दा बढी अफलाइन रिटेलर र दराज डट कम डट एनपी मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रियलमी स्मार्ट घडी
रियलमीको पहिलो स्मार्ट घडीमा कोर्निङ गोरिल्ला ग्लास प्रोटेक्सनसहित ३.५ सीएम कलर टच डिस्प्ले छ । रियलमी घडीले ३८० निट्स ब्राइटनेससहित १० लेबलको ब्राइटनेस प्रदान गर्छ । डिस्प्ले स्पष्ट कलर र उत्कृष्ट तस्बिर गुणस्तर उत्पादन गर्न सक्षम छ, जसले यसलाई यो मूल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ ।

यसको शानदार डिस्प्लेबाहेक, स्मार्ट घडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि गुडआइएक्स पीपीजी हर्ट रेट सेन्सरका साथ आउँछ । प्रयोगकर्ताले स्मार्ट नोटिफिकेसन विशेषता, प्रत्येक व्यक्तिको शैलीअनुसार सुहाउने दर्जनौं वाच फेस, आईओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आइपी६८ वाटर रेसिस्टेन्टको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

रियलमी स्मार्टब्यान्ड
ब्यान्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ, जससँग ६५ हजार कलर उत्पादन गर्ने क्षमता छ । भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेसमार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तक्र्रियात्मक फङ्सन प्रयोग गर्न सक्छन् ।

रियलमी ब्यान्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेसन, वाच फेसहरुको छनौट, क्रिकेटसहित ९ विभिन्न स्पोर्ट मोड र आइपी६८ वाटर रेसिस्टेन्ट जस्ता विशेषता छन् । यसमा डाटा ट्रान्समिसनसहित यूएसबी प्रत्यक्ष चार्जिङ छ, जसमा चार्जिङ वा डाटा केबल बोकी राख्न आवश्यक पर्दैन ।

रियलमी बड्स एयर नियो
बड्स एयर नियोले करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनि गुणस्तरसहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव प्रदान गर्छ । यसमा १३ एमएम ठुलो ड्राइभर र एड्भान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ, जसले ब्राइट ट्रिबल र हार्नेस बिना राम्रो बास प्रजनन सुनिश्चित गर्छ ।

रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ । बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ, जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएसमा कम गर्छ । यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि आइपीएक्स४ रेटेड छ ।

रियलमी बड्स एयर
एयर बड्स ती व्यक्तिहरुका लागि हो, जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चाहन्छन्् । यो शानदार लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपबाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन-ईयर डिटेक्सन प्रदान गर्छ ।

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ । यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक यल्लो कलर उप्सनमा उपलब्ध छ ।

मूल्य कति ?
उत्पादन                                    मुल्य/कलर
रियलमी स्मार्टघडी                     ७,७९९ कालो
रियलमी स्मार्टब्यान्ड                   २,९९९ कालो
रियलमी बड्स एयर नियो           ५,५९९ सेतो
रियलमी बड्स एयर                   ६,९९९ कालो, सेतो र पहेँलो

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु