गृहपृष्ठ राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा केहीबेर अघि निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।

केही दिनयता अस्वस्थ रहेका उनको काठमाडौं- २६, कपुरधारास्थित निवासमै निधन भएको हो । अहिले उनको निवासमा आफन्त, शुभचिन्तकलगायत आउने क्रम जारी छ । पारिवारिक स्रोतका अनुसार घिमिरेको अन्तिम संस्कार बुधबार गरिने भएको छ ।

 

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । घिमिरे परिष्कारवादी शैलीमा स्वच्छन्दतावादी धाराको साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा परिचित छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, गीत लगायतका विविध विधामा सयाैं सिर्जना लोकप्रिय छन् । घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले ‘राष्ट्रकवि’को उपाधि प्रदान गरेको थियो ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु