गृहपृष्ठ तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
ललितपुर महानगरपालिका २३ इसिमोडस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा महर्जनसहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ७९ हजार रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय १३:०७ बजे

















