गृहपृष्ठ रक्सी खाएर आमाको हत्या गरेको अभियोगमा पक्राउ

रक्सी खाएर आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका २ पुनर्बास टोल बस्ने ३२  वर्षीय राजवीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले रक्सी खाएका बेला ५० वर्षीया आमा उर्मिला पासवान र ५५ वर्षीय बुवा उपेन्द्र पासवानलाई ढुंगा प्रहार गरेकोमा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बुवा उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले राजवीरलाई नियन्त्रणमा लिएको थियो । घटनामाथि थप अनुसन्धान भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु