गृहपृष्ठ कोरोनाबाट प्रदेश २ मा एक दिनमै ८ जनाको मृत्यु
कोरोनाबाट प्रदेश २ मा एक दिनमै ८ जनाको मृत्यु
प्रदेश २ मा पछिल्लो २४ घण्टामै कोरोनाभाइरस संक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना संक्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार एक दिनमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
२४ घण्टामा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना संक्रमित थपिएका छन् । अब कुल संक्रमितको संख्या ९ हजार ५५१ पुगेको छ । त्यसमध्ये आज ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।
प्रदेश २ मा १९६ वटा क्वारेन्टिन स्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेसनमा तीन हजार ८६२ जना बसेका छन् ।
प्रकाशित समय २०:२२ बजे

















