गृहपृष्ठ वीरेन्द्रनगरमा सर्तसहित निषेधाज्ञा खुला

वीरेन्द्रनगरमा सर्तसहित निषेधाज्ञा खुला

वीरेन्द्रनगर बजार ।

वीरेन्द्रनगरमा भदौ १ गतेदेखि लगाइएको निषेधाज्ञा आज रातिदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले ससर्त निषेधाज्ञा खुला गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सर्तसहित वीरेन्द्रनगरको निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नहुँदासम्मका लागि वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा पूर्णरुपमा खुला गरिएको छ ।

उनका अनुसार भदौ १३ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म पूर्णरुपमा वीरेन्द्रनगर बजार खुला गरिने र साँझ ७ बजेपछि भने पूर्णरुपमा बन्द गर्नुपर्नेछ । सवारी साधनको हकमा भने स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबाहक र अत्यावश्यक सवारी साधनबाहेक सार्वजनिक यातायातका साधनमा जोरविजोर प्रणाली लागू हुनेछ ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु