गृहपृष्ठ कामना सेवा विकास बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा छुट
कामना सेवा विकास बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा छुट
कामना सेवा विकास बैंकका ग्राहकले पीसीआर परीक्षणमा १५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । त्यसका लागि कम्पनीले सुरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको छ ।
बैंक र हेल्थ केयरको सहमतिअनुरुप कामना सेवा विकास बैंकका ग्राहकले सुरिया हेल्थ केयरमा पीसीआर परीक्षण गर्दा १५ प्रतिशतको विशेष छुट पाउनेछन् । सहमतिअनुसार ग्राहकले आर्थिक सहुलियतसहित सहज रुपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा उपलब्ध गराउने भएको हो ।
प्रकाशित समय २०:५६ बजे

















