गृहपृष्ठ गण्डकी प्रदेशमा ९ जना प्रहरीसहित मणिपालका चिकित्सकमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा ९ जना प्रहरीसहित मणिपालका चिकित्सकमा कोरोना पुष्टि

कास्कीको पोखरा महानगरपालिका–११ फुलबारीमा मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई कारोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशको क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।

संक्रमितमध्ये एक मणिपालमा कार्यरत २६ वर्षीय डाक्टर र लमजुङ जिल्ला, बेशीशहरुमा कार्यरत नेपाल प्रहरीका २२ देखि ३४ वर्षीय ८ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद बिन्दु शर्माले बताए ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु