गृहपृष्ठ क्लासिक टेकमा टिकटक, सधैँभरि ठिकठाक

क्लासिक टेकमा टिकटक, सधैँभरि ठिकठाक

नेपालमा अधिक प्रयोगमा रहेको मोबाइल एप्लिकेसन टिकटकसँग आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्यान्डविथ व्यवस्थापन गरिएकाले सहज सेवा प्रदान गरिएको क्लासिक टेकले जनाएको छ । हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताले टिकटकको प्रयोग २५ प्रतिशतभन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि समस्या भोगिरहेको गुनासाहरू बाहिर आएका छन् । तर, क्लासिक टेकको इन्टरनेट प्रयोगकर्ताहरूले कहिल्यै टिकटक चलाउँदा समस्या खेप्नु नपरेको कम्पनीले जनाएको छ ।

टिकटकमा भिडियो कन्टेन्ट बनाउन र सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । अन्य इन्टरनेट सेवाप्रदायकका प्रयोगकर्ताले टिकटकमा समस्या भोगिरहेको भए पनि क्लासिक टेकका प्रयोगकर्ताले भने ढुक्कले टिकटक चलाइरहेका छन् । उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिक टेकले ग्राहकको मागअनुसार प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको जनाएको छ ।

‘सामान्य अवधिमा होस् वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहक सहज रुपमा टिकटक सेवा चलाइरहेका छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जहाँ हाम्रा ग्राहकले कुनै समस्या भोगेका छैनन् ।’ यसका लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्यान्डविथ व्यवस्थापन गरिरहेको जनाएको छ । कम्पनीसँग अहिले भइरहेका ग्राहकभन्दा दोब्बर ग्राहकको ट्राफिक धान्ने सर्भर रहेको जनाइएको छ ।

यसबाहेक उच्च क्षमताका १२ वटा आकामाईलगायतका सर्भर यसै साताभित्र कम्पनीमा आइपुग्नेछन् । ‘हाम्रा ग्राहकले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन र अहिले पनि कुनै समस्या छैन, यसका लागि हाम्रो प्राविधिक टिम २४सै घण्टा खटिएको छ । हामी सेवाग्राहीलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिक टेकले भनेको छ ।

कम्पनीले आफ्नो इन्टरनेट सेवाका बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु