गृहपृष्ठ संक्रमणदर अहिलेसम्मकै उच्च, देशभर १,२२१ जना संक्रमित थपिए
संक्रमणदर अहिलेसम्मकै उच्च, देशभर १,२२१ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । ७ हजार ७ सय ९७ जना क्वारेन्टाइनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।
प्रकाशित समय १६:३२ बजे

















