गृहपृष्ठ सामूहिक बलात्कारको अभियोगमा ४ जना पक्राउ
सामूहिक बलात्कारको अभियोगमा ४ जना पक्राउ
कैलाली, १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जानकी गाउपालिका-९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय दिपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरु रहेका छ्न् ।
काकाको घरबाट आफ्नो घरतर्फ फर्कदै गरेकी ती किशोरीलाई बिहीबार राति उनीहरुले स्थानीय खेतमा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरी भागेको भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।
प्रकाशित समय १९:५२ बजे

















