गृहपृष्ठ मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू, महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू, महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान

फाइल तस्बिर ।

मन्त्रिपरिषद्को बैठक केहीबेर अघिबाट सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा बैठकमा समीक्षा हुने बताइएको छ । यसका साथै बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ ।

बेठकमा मन्त्रालयगत एजेण्डासहित हङकङमा उदयबहादुर राना र ल्हासामा नवराज ढकाललाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी पनि रहेको एक मन्त्रीले बताए ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु