गृहपृष्ठ सही तरिकाले चर्पी प्रयोग गर्नेलाई पुरस्कार

सही तरिकाले चर्पी प्रयोग गर्नेलाई पुरस्कार

खार्पुनाथ गाउँपालिका- ५ को दुर्पामा सही तरिकाले चर्पी गरेवापत पुरस्कृत गरेर सचेतना बढाउने काम गरिएको छ । दुर्पा गाउँमा करिब ५० घरधुरीले प्रत्येक घरमा चर्पी बनाएका छन् ।

चर्पीको सही र उपयुक्त तरिकाले प्रयोग गरेका छन् कि छैनन् भनेर स्थानीय जनप्रतिनिधिहरू, ग्रामीण जलस्रोत तेस्रो चरण परियोजना र स्थानीय गैसस स्नोल्याण्ड एकीकृति विकास केन्द्रले संयुक्त रूपमा सहजीकरण, अनुमगन, सुपरिवेक्षण र मुल्यांकन गरेको थियो । सोही आधार दुर्पा गाउँका एघार घरधुरीलाई पुरस्कृत गरिएको हो ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु