गृहपृष्ठ ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मंगलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यसैबीच चट्याङकै कारण सिरिजंघा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो । (रासस)

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु