गृहपृष्ठ रातो मछिन्द्रनाथको रथ तान्न खोज्दा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

रातो मछिन्द्रनाथको रथ तान्न खोज्दा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्न युवाहरू निस्किएपछि युवा र प्रहरीबीच झडप भएको छ । युवाहरु ललितपुरको पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तान्न स्वस्फुर्त निस्किएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरु विरोधमा उत्रिएका थिए । सम्भावित क्षति रोक्न प्रहरीले पानीको फोहोरा हान्न थालेपछि स्थानीय युवाले ढुंगामुढा गरे । त्यसपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले युवा तितरवितर भएका छन् भने रथलाई प्रहरीले चारैतिरबाट घेरेर राखेको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु