गृहपृष्ठ ललितपुरका मेयरलाई मार्छु भनी अन्तर्वार्ता दिने पक्राउ
ललितपुरका मेयरलाई मार्छु भनी अन्तर्वार्ता दिने पक्राउ
रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा भीडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुंगामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको हो । शाक्यलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको महाशाखाले जनाएको छ ।
प्रकाशित समय १३:२४ बजे

















