गृहपृष्ठ जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा
जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा
सरकारले तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहिलले २०७४ साउन २६ मा कृषियोग्य भूमिको खण्डीकरण गर्नबाट रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए ।
अघिल्लो सरकारले गरेको निर्णय खारेजी गर्न यही भदौ १८ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा/डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भइसकेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भू–उपयोग ऐन, २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभाग मार्फत मातहतका कार्यालहरुमा निर्देशन दिन भनी नेपाल सरकारबाट निर्णय भएको व्यहोरा निर्णयाअनुसार अनुरोध छ ।’

प्रकाशित समय १३:३१ बजे

















