गृहपृष्ठ पूर्व-पश्चिम रेलमार्गको विवादित ठेक्का रद्द
पूर्व-पश्चिम रेलमार्गको विवादित ठेक्का रद्द
फाइल तस्बिर ।
पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकडभिट्टा-इनरुवा खण्डका ५४ वटा विवादित ठेक्का रद्द भएको छ । रेल विभाग अन्तर्गतको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले मंगलबार सार्वजनिक सूचना जारी गरी ३२ अर्बको सो ठेक्का रद्द भएको जनाएको हो ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ठेक्कामा नेपालका १८ वटा कम्पनी मात्रै सहभागी हुन पाउनेगरी सर्तहरू राखिएको भन्दै सर्वत्र विरोध भएको थियो ।
रेल विभागको सूचना :

५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको पाइएकाे थियाे । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो ।
जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । यस विषयमा सरकार र प्रतिपक्षी दलको माैनताप्रति भने सर्वसाधारणले समेत आश्चर्य प्रकट गरिरहेका छन् ।
प्रकाशित समय ११:४० बजे

















