गृहपृष्ठ कोरोनाबाट दुई करोडभन्दा बढी संक्रमित डिस्चार्ज, ७० लाखको उपचार हुँदै

कोरोनाबाट दुई करोडभन्दा बढी संक्रमित डिस्चार्ज, ७० लाखको उपचार हुँदै

एकै दिनमा थपिए दुई लाख ९३ हजार संक्रमित, अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९ लाख ८ हजार पुग्यो

विश्वभर कोरोना संक्रमित दुई करोड एक लाख जना संक्रमित डिस्चार्ज भएका छन् भने ७० लाखभन्दा बढीको उपचार भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर दुई करोड ८० लाखभन्दा बढी जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ९३ हजार जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड ८० लाख २२ हजार २७६ पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ९ लाख ८ हजार जनाको ज्यान गएको छ । पछिल्लो एकै दिनम ६ हजार २२७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकै दिनमा ३५ हजार २४४ जना संक्रमित थपिएका छन् भने एक हजार २०९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ६५ लाख ४९ हजार पुगेको छ भने एक लाख ९५ हजार २३९ जनाको ज्यान गएको छ । त्यस्तै ३८ लाख ४६ लाख संक्रमितको सफल उपचार भएको छ भने २५ लाख ८ हजारको उपचार भइरहेको छ । भारतमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ ।

भारतमा एकै दिनमा ९५ हजार ५२९ जनामा एकै दिन संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ जनामा संक्रमण देखिएको छ । त्यस्तै ७५ हजार ९१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै भारतमा एक हजार १६८ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म ३४ लाख ६९ हजार जनाको उपचार भइसकेको छ भने ९ लाख १८ हजारको उपचार भइरहेको भारतीय स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु