गृहपृष्ठ हुम्लामा दुई करोड बराबरको खुर्सानी उत्पादन
हुम्लामा दुई करोड बराबरको खुर्सानी उत्पादन
हुम्लामा दुई करोड मूल्य बराबरको खुर्सानी उत्पादन भएको छ । जिल्लामा वस्तु विनिमयको एक सशक्त साधनस्रोत मानिएको खुर्सानी सबै स्थानीय तहहरूमा गरी दुई करोडको उत्पादन भएको बताइएको छ ।
कुल उत्पादनमध्ये ३५ प्रतिशत खुर्सानी विभिन्न प्रकारका वस्तुसँग साटिन्छ भने ३५ प्रतिशत आफन्तलाई कोसेली र बाँकी घरायसी प्रयोजन गरिने स्थानीयहरूले बताएका छन् ।
हुम्लाको कृषि विकास कार्यालयका अनुसार जिल्लाभरी हरियो खुर्सानी दुई हजार क्विन्टल जति उत्पादन हुने गरेको छ भने सुकेको खुर्सानी पाँच सय क्विन्टल हुने गरेको छ ।
उत्पादन भएको खुर्सानी प्रति केजी पाँच सयका दरले विभिन्न किसिमका वस्तुहरूसँग साट्ने गरेको दार्माका वर्षबहादुर शाहीले बताए ।
प्रकाशित समय १५:०४ बजे

















