गृहपृष्ठ विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपालको स्थितिमा सुधार

विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपालको स्थितिमा सुधार

Economic freedom_NewsKarobar

विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपाल एक स्थानले माथि उक्लेको छ । क्यानाडाको फ्रेजर इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्डः २०२० एनुअल रिपोर्ट’ अनुसार नेपालले विश्वको आर्थिक स्वतन्त्रता सूचकमा समावेश भएका १६२ देश र क्षेत्रहरूमध्ये नेपालले १०९ औं स्थानमा उक्ल्को हो ।

गत वर्ष  नेपाल ११० औं स्थानमा थियो  । समृद्धि फाउन्सनले लगातार तेह्रौं पटक नेपालमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

फ्रेजर इन्स्टिच्युटले करिब १०० देश र क्षेत्रका स्वतन्त्र अनुसन्धान र शैक्षिक संस्थानहरूको आर्थिक आर्थिक स्वतन्त्रता नेटवर्कको सहयोगमा वार्षिक आर्थिक स्वन्त्रतासम्बन्धी विश्व प्रतिवेदन बनाउने गरेको छ । यसले विश्वको पाँच क्षेत्र-  सरकारको आकार, कानुनी संरचना र सम्पत्ति अधिकारको सुरक्षा, स्वस्थ/सबल पैसाको पहुँच, अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्न स्वतन्त्रता तथा ऋण, श्रम र व्यापारको नियमनजस्ता पाँच सूचकका मानकका आधारमा मुलुकहरूको स्तर निर्धारण गरी आर्थिक स्वतन्त्रताको मापन गर्छ ।

नेपालको स्कोर

सरकारको आकारमा नेपालको स्कोर घटेको छ । गत वर्ष यो सूचकमा नेपालको स्कोर ७.२२ रहेकोमा यस वर्ष ६.९२ मा झरेको छ । यो सूचकका आधारमा नेपाल विश्वव्यापी र्‍याङ्किङमा ६३ औं स्थानमा छ ।

कानुनी प्रणाली र सम्पत्ती अधिकारको सूचक ४.५४ बाट झीनो वृद्धि भइ ४.६४ पुगेको छ, यो सूचकका आधारमा नेपाल विश्वव्यापी र्‍याङ्किङमा १०४ औं स्थानमा छ ।

यस्तै, स्वस्थ/सबल पैसाको पहुँचको सूचकमा ६.८१ बाट झीनो वृद्धि भइ ६.८९ पुगेको छ, यो सूचकका आधारमा नेपाल विश्वव्यापी र्‍याङ्किङमा १३७ औं स्थानमा छ ।

अन्तर्राष्ट्रिय व्यापार गर्न स्वतन्त्रताको सूचकमा पनि नेपालको स्थिति खस्केको छ, यो सूचकमा ६.६३ बाट झरेर नेपालको स्कोर ६.५९ पुगेको छ, यो सूचकका आधारमा नेपाल विश्वव्यापी र्‍याङ्किङमा १११ औं स्थानमा छ ।

ऋण, श्रम र व्यवसायको नियमनको सूचकांक ७.२४ बाट वृद्धि भइ ७.३६ पुगेको छ,  यो सूचकका आधारमा नेपाल विश्वव्यापी र्‍याङ्किङमा ७१ औं स्थानमा छ ।

शीर्ष स्तरमा समीक्षा गरिएका शैक्षिक पत्रिकामा गरिएको शोधअनुसार उच्च स्तरको आर्थिक स्वतन्त्रता भएका देशका नागरिहरूले अधितम् समृद्धि, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो जीवनको आनन्द पाउने गरेका छन् ।

यस वर्षका प्रतिवेदनअनुसार हङकङ र सिंगापुर पुनः शीर्ष स्थानमा छन भने न्यूजिल्यान्ड, स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, मरिसस, जर्जिया, क्यानडा र आयरल्यान्ड शीर्ष १० बाट बाहिरिएका छन् ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु