गृहपृष्ठ सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला
पहिरोले गएको स्थान । (तस्बिर स्रोत : सामाजिक सञ्जाल)
लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।
नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु,’ शेर्पाले भने ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
प्रकाशित समय ०९:४२ बजे

















