गृहपृष्ठ सार्वजनिक यातायात असोज १ देखि खुल्ने, ५० प्रतिशत बढी भाडा लिन पाउने
सार्वजनिक यातायात असोज १ देखि खुल्ने, ५० प्रतिशत बढी भाडा लिन पाउने
भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला
सरकारले असोज १ गते (पर्सि)देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीका सवारी साधन खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन् । सरकारले सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
लामो तथा सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनुपर्नेछ । ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउनेछन् । उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ ।
सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामाको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय १८:४७ बजे

















