गृहपृष्ठ बिल गेट्सका पिताको निधन
बिल गेट्सका पिताको निधन
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको विल गेट्सको पारिवारिक स्रोतले मंगलबार जानकारी गराएको हो ।
उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिंगटनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।
बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् । विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।
प्रकाशित समय १२:२२ बजे

















