गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

भाइरसबाट ९ लाख ४५ हजारको मृत्यु, २ करोड १८ लाख संक्रमित डिस्चार्ज

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या तीन करोेड नाघेको वर्ल्डोमिटरले जनाएका छन् । हालसम्म तीन करोड ३४ हजार ५०८ जनामा कोरोना भाइरस पुगेको छ ।

त्यस्तै कोरोना भाइरसबाट ९ लाख ४५ हजार ९२ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर फर्किनेको संख्या २ करोड १८ लाख ९९१ रहेको छ । सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा हालसम्म ६८ लाख २८ हजार तीन सय एक संक्रमित छन् भने २ लाख १३ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा बितेका २४ घण्टामा मात्रै कोरोना भाइरसबाट एक हजार १५१ को ज्यान गएको छ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको दोस्रो भारतमा संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ संक्रमित छन् भने ८३ हजार २३० जनाले ज्यान गुमाइसकेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । बितेका २४ घण्टामा भारतमा थप एक हजार १३९ ले ज्यान गुमाएका छन् ।

तेस्रो ब्राजिलमा हालसम्म ४४ लाख २१ हजार ६८६ संक्रमित छन् भने एक लाख ३४ हजार १७४ को ज्यान गएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ८८ हजार ४२५ रहेको छ । त्यस्तै ६१ हजार २४४ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु