गृहपृष्ठ बलात्कार अभियोगमा शिक्षक पक्राउ
बलात्कार अभियोगमा शिक्षक पक्राउ
धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:५७ बजे

















