गृहपृष्ठ एउटा इन्जिन र चारवटा बोगीसहितको नेपाली रेल आज जनकपुर आउँदै
एउटा इन्जिन र चारवटा बोगीसहितको नेपाली रेल आज जनकपुर आउँदै
आज अपराह्न नेपाली रेल जनकपुर आउने भएको छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।
नेपाल रेलवे विभागका अनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी गरिरहेको बताइएको छ ।
प्रकाशित समय ११:२७ बजे

















