गृहपृष्ठ ‘ओपो एफ१७ प्रो’ नेपालमा सार्वजनिक हुँदै
‘ओपो एफ१७ प्रो’ नेपालमा सार्वजनिक हुँदै
ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्टमार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिएको छ ।
ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर/चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोनसम्बन्धी टिजर पोष्टहरु देखापर्न थालेका छन् । ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलोपटक सन् २०१६ मा सार्वजनिक गरेको थियो ।
कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१७ प्रो मार्फत थप अगाडि लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ१७ प्रोले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ । ओपो एफ१७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिजअन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।
नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिए तापनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । हालसम्म कम्पनीले ओपो एफ१७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापि, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्द्धनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेश गरिने अपेक्षा गरिएको छ ।
प्रकाशित समय १४:१९ बजे

















