गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो
सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ३३ हजार ३४४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ ।
त्यस्तै २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा २९४ जनाको ज्यान गएको छ । अहिलेसम्म ४३ लाख ९२ हजार कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । १० लाख संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित समय १०:३३ बजे

















