गृहपृष्ठ विश्वभर कोरोनाबाट ९ लाख ७५ हजारभन्दा बढी संक्रमितको मृत्यु

विश्वभर कोरोनाबाट ९ लाख ७५ हजारभन्दा बढी संक्रमितको मृत्यु

तीन करोड १७ लाख ७७ हजार जनामा संक्रमण, २ करोड ३३ लाख डिस्चार्ज

फाइल तस्बिर ।

विश्वभर कोरोनाका कारण पौने १० लाखभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनामा ५ हजार ७२१ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४७१ पुगेको हो ।

त्यस्तै अहिलेसम्म तीन करोड १७ लाख ७७ हजार ९८७ जनामा कोरोना संक्रमण देखिएको छ । वितेका २४ घण्टामै २ लाख ७६ हजार ३६७ संक्रमित थपिएका छन् भने २ करोड ३३ लाख ९४ हजार ८४५ जना कोरोना जितेर घर फर्केका छन् ।

अहिले संक्रमितको संख्या ७४ लाख ७ हजार ६७१ रहेको छ । जसमध्ये ६२ हजार ८३ संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै ९६९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख ५ हजार ४७१ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म ७० लाख ९७ हजार ९३७ संक्रमित छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ, भने ९० हजार २१ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी संक्रमित तेस्रो मुलुक ब्राजिलमा ४५ लाख ९५ हजार ३३५ संक्रमित छन् भने एक लाख ३८ हजार १५९ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु