गृहपृष्ठ धरान उपमहानगरको राजस्व इसेवामार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरको राजस्व इसेवामार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । योसँगै नगरबासीले सबैखाले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने बताइएको छ ।

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्टमार्फत् कर भुक्तानी गर्न सकिने इसेवा फोनपे प्रालिले जनाएको छ ।

इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमाफत् भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई थप सहज हुनुका साथै अहिलेको कोडिड–१९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ ।’

उनका अनुसार नगरबासीले दुई तरिकाबाट इसेवामार्फत् भुक्तानी गर्न सक्नेछन् । पहिलो नगरबासीले सुरूमा वडा कार्यालयमार्फत् आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवामार्फत् कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु