गृहपृष्ठ नेपाल-चीन सीमाको ‘११ नम्बर पिलर’ भेटियो

नेपाल-चीन सीमाको ‘११ नम्बर पिलर’ भेटियो

‘हराएको’ भनिएको नेपाल-चीन सीमा छुट्याउने ‘११ नम्बर पिलर’ भेटिएको छ । सीमास्तम्भ हुम्लाको नाम्खा गाउँपालिका- ६, टाकुलेमा फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

उनका अनुसार सीमास्तम्भ फेला परेसँगै रेखांकन प्रक्रिया सुरु गरिएको छ । हुम्लाका प्रजिअ चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमा पिलर फेला पारेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिएका छन् । स्तम्भमा नेपालतर्फ २०१९ साल र चीनतर्फ सन् १९६२ लेखिएको छ । यसअघि सीमा पिलर खोज्न गएको टोली लाप्चाबाटै फर्किएको थियो ।

गत सोमबार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहितको ३० सदस्यीय टोली लिएर प्रजिअ गिरी अनुगमनका लागि ‘सीमास्तम्भ हराएको क्षेत्र’तर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु