गृहपृष्ठ सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट

केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउने क्रम जारी छ । बिहीबार पनि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।

यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजवी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार १२० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु