गृहपृष्ठ ओपो एफ१७ प्रो असोज ११ गते सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

ओपो एफ१७ प्रो असोज ११ गते सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब)मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्टमार्फत एफ१७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभ लञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिति रहनेछ । लामो समयदेखि कम्पनीले एफ सिरिजमार्फत उपभोक्तालाई स्टेट(अफ(आर्ट प्रविधि पस्कँदै आइरहेको छ ।

अग्रगामी सोच सहितका डिजाइन गरिएको ओपोले उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ । एफ१७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्डसेटर्स युवाहरुका लागि एफ सिरिजको नयाँ समीकरण ओपो एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याश चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रवर्तनात्मक साइनी म्याट कलर्सलगायत फिचर्सहरु पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

क्यामेरा:

एफ१७ प्रोमा ६ एआई पोट्रेट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरीय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजतासमेत प्रदान गर्छ ।

अल्ट्रा स्लिक फोन:

ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रवर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्ले:

एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।

३०वाट भोक फ्ल्याश चार्ज ४.०

एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेटभित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधिबाट चार्जिङ मात्र तीव्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनीकरण ल्याउँछ । यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टासम्मको टक टाइम पनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड

ओपो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट प्रुफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ । उपभोक्ताको व्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ१७ प्रो कम्पनीले दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु